पत्रकार माथि सांघातिक आक्रमण गर्ने थप एकजना पक्राउ
पाेखरा | साउन १९, २०८१
पोखरा: पत्रकार सुरज थापामगर र बिनु थापामगरमाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पत्रकार माथि सांघातिक आक्रमण गरेको आरोपमा पोखरा महानगरपालिका–१७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनापश्चात फरार भएका १७ वर्षीय किशोरलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
यो पनि पढ्नुहोस
गत आइतबार गण्डकी प्रदेशमा भएको यातायात व्यवसायीको आन्दोलनको रिपोर्टिङ गर्न पोखराको लखन चोक (पृथ्वीचोक) पुगेका पत्रकार बिनु थापामर र सुरज थापामाथि सांघातिक आक्रमण भएको थियो ।
घटनामा संग्लन पाँच जना गत आइतबार नै पक्राउ परेका थिए । ग २० प ३९७३ नम्बरको स्कूटरको पछाडी सवार बिनाकुमारीले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले पत्रकारमाथि सांघातिक आक्रमण गरेका थिए ।
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेल...
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

